🎵
[00:24.25]प्रिय, तिमी आयौ, हेर, म निदाएको बेला
[00:29.88]तिमीलाई के-के भन्ने मन थियो, सकिन, mm-hm
[00:36.77]लामो तिम्रो केश, हेर, फरफराएझैँ लाग्यो
[00:42.77]तिम्रो हत्केला चुम्न खोज्थेँ, सकिन, mm-hm
[00:50.37]जुनेली रातमा हातमा हात थियो
[00:56.56]सपनी पो रहेछ
[00:59.72]अब धेरै नसताऊ, मेरो बिपनीमा आऊ
[01:05.71]प्रिय, तिमीले छोयौ, हेर, म रिसाएको बेला
[01:11.46]तिमीलाई कुर्नु कुरेको थिएँ, सकिन कुर्न
[01:18.55]फुर्सत मेरो छैन तिमीले भनेको समयमा
[01:24.78]निदाउन र बिउँझनलाई कठिन छ, लौ न
[01:32.05]म हाँसी बस्छु तिमीलाई साँच्ची भेट्न
[01:37.99]छोप्न खोज्छु कुरा बितेका
[01:41.42]त्यही कुरा दोहोर्याइरहन्छौ
[01:44.48]हे, हे, हे-हे, हे
[01:50.54]छलाउँदिन कहिल्यै तिमीलाई
[01:54.08]अब धेरै नसताऊ, मेरो अँगालोमा आऊ
[01:57.51]🎵
[02:25.85]न्यानो अँगालोमा बाँधी सुमसुमाऊँ झैँ लाग्यो
[02:31.93]म बिउँझन चाहेको थिएँ, दिएनौ तिमीले
[02:38.48]गाउँछु गीत मीठो तिमीलाई अलमलाउनलाई
[02:44.47]के गरूँ? सपना हो यो मेरो, होइन बिपनी
[02:51.86]कहाँ खोजूँ म तिमीलाई साँच्ची भेट्न?
[02:58.06]सुत्न चाहन्छु म अझै
[03:01.27]कोही, लौ न, मलाई नरोक
[03:04.36]हे, हे, हे-हे, हे
[03:10.57]बिउँझन चाहन्न म अझै
[03:14.03]अब धेरै नसताऊ, मेरो बिपनीमा आऊ
[03:17.59]🎵