← Kembali
🎵

Aayo Timro Yaad Aayo

Album: Chhodi Gaya Pap Lagla Durasi: 6:31

जब सिरसिरे चञ्चल हावाले मेरो केश चलायो

जब कलिला आँकुरा पालुवाले वसन्त बोलायो

चारैतिर नयाँ रङ्ग छायो, रमाएर कोइलीले गायो

आयो, तिम्रो याद आयाे

आयो, तिम्रो याद आयाे

आयो, तिम्रो याद आयाे

आयो, तिम्रो याद आयाे

उजेलीमा देखूँ, गोधूलिमा भेटूँ, जुनेलीमा पाऊँ तिमी नै

हो, उजेलीमा देखूँ, गोधूलिमा भेटूँ, जुनेलीमा पाऊँ तिमी नै

सुस्केरामा चाहूँ, खुसीभरि साँचूँ, सुसेलीमा गाऊँ तिमी नै

जब दिलको सारङ्गी धड्कनले सरगम बजायो

चारैतिर नयाँ रङ्ग छायो, रमाएर कोइलीले गायो

आयो, तिम्रो याद आयाे

आयो, तिम्रो याद आयाे

पाउजुले डाक्यौ, परेलीमा राख्यौ, आँखाभरि साऱ्यौ मोहनी

हो, पाउजुले डाक्यौ, परेलीमा राख्यौ, आँखाभरि साऱ्यौ मोहनी

कुन बेला टेक्यौ मुटुको यो आँगन? देखाइदियौ मीठो सपनी

जब सिन्दुरी मनको चाहनाले जिन्दगी रङ्गायो

चारैतिर नयाँ रङ्ग छायो, रमाएर कोइलीले गायो

आयो, तिम्रो याद आयाे

आयो, तिम्रो याद आयाे

आयो, तिम्रो याद आयाे

आयो, तिम्रो याद आयाे

जब सिरसिरे चञ्चल हावाले मेरो केश चलायो

जब कलिला आँकुरा पालुवाले वसन्त बोलायो

चारैतिर नयाँ रङ्ग छायो, रमाएर कोइलीले गायो

आयो, तिम्रो याद आयाे

आयो, तिम्रो याद आयाे

आयो, तिम्रो याद आयाे

आयो, तिम्रो याद आयाे